मेन्छियाम हाइड्रोपावरले पायो आईपीओ निष्कासनको लागि बोर्डको अनुमति

काठमाडौं । मेन्छियाम हाइड्रोपावरले आईपीओ निष्कासनको लागि अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले माघ १९ गते कम्पनीलाई आईपीओ निष्कासनको लागि अनुमति प्रदान गरेको हो ।

कम्पनीले आयोजना प्रभवित स्थानीय र सर्वसाधारणलाई गरि कुल १६ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरको १६ लाख २७ हजार ७ सय ५० कित्ता सेयर निष्कासन गर्न अनुमति पाएको हो ।

कम्पनीले सेयर निष्कासनको लागि एनआईसी एसिया क्यापिटललाई बिक्रि प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।

कम्पनीले सङ्खुवासभाको पिलुवाखोलामा ४.७२ मेगावाटको अपर पिलुवाखोला २ जलविद्युत आयोजना निर्माण सम्पन्न गरि विद्युत उत्पादन थालिसकेको छ । कम्पनीले पिलुवाखोलामा नै ७.७ मेगावाटको अपर पिलुआ १ आयोजना निर्माण गर्नको लागि उत्पादन अनुमति पत्र पेश गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स