सेयर लगानीकर्ताको राष्ट्र बैंकलाई सुझावः १२ करोडको सीमा हटाउनेदेखि ब्याजदर घटाउनेसम्म

काठमाडौं । मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षाको लागि सेयर लगानीकर्ताले राष्ट्र बैंकलाई १२ करोडको सीमा हटाउनु पर्ने देखि उच्च ब्याजदरलाई घटाउन महत्वपूर्ण भूमिका खेल्नुपर्ने सुझाव दिएका छन् । नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ नेपाल र नेपाल पुँजीबजार लगानीकर्ता संघले संयुक्त रुपमा ४ बुँदे सुझाव पेश गरेका हुन् ।

राष्ट्र बैंकको अनुसन्धान विभागमा पेश गरिएको सुझाव पत्रमा नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले, नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल, सेयर लगानीकर्ता संघ नेपालका कार्यबाहक अध्यक्ष तारा प्रसाद फुल्लेल राष्ट्र बैंक समक्ष उक्त माग राखेका हुन् । सुझाव पेश गर्दै संघहरूले खस्कदो अवस्थामा रहेको पुँजीबजारलाई पुनरुत्थान गरिदिन आग्रह गरेका छन् । सेयर लगानीकर्ताहरुले राज्यबाट उचित संरक्षण र सुरक्षाको प्रत्याभूति नपाएको संघहरूले उल्लेख गरेका छन् ।

यस्ता छन् ४ बुँदे सुझाव:

१) १२ करोड (बाह्र करोड) सम्मको सेयर कर्जाको सिमाले सेयरबजारलाई निरुत्साहित गरेकोले सो व्यवस्थालाई फिर्ता लिनका लागि अनुरोध गर्दछौं ।

२) आ.व. २०७९/०८० को आसार १ गते देखि सेयर कर्जामा लगाइएको १५० प्रतिशतको जोखिम भारित औसतलाई १०० प्रतिशत नै कायम गरिदिनुहुन अनुरोध गर्दछौ ।

३) विद्यमान ब्याजदर उच्च हुन गई लगानी निरुत्साहित हुन गएकोले उक्त ब्याजदरमा पुनरावलोकन गरी एकल अंकमा कायम गरिदिनु हुन अनुरोध गर्दछौं ।

४) तरलता समस्याले देशको अर्थतन्त्रमा नकारात्मक अवस्था श्रृजना हुन गएकोले उक्त समस्याको तत्काल समाधान गर्ने व्यवस्था गरिदिनु हुन अनुरोध गर्दछौं।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स