कालिञ्चोक दर्शनको आईपीओ बिहीबार बाँडफाँट हुने, करिब ९० हजारले मात्रै पाउने

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले माघ ३ देखि माघ ६ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ बिहीबार बाँडफाँट गर्ने भएको छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नविल इन्भेष्टमेन्ट बैकिङ लिमिटेडको कार्यालय नारायणचौर, नक्सालमा बिहीबार बिहान ९ः३० बजे आईपीओ बाँडफाँट गर्ने भएको हो ।

कम्पनीले आफ्नो जारी पुँजी ६० करोड रुपैयाँको १८ प्रतिशतले हुन आउने १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको थियो ।
सोमध्ये १० प्रतिशत अर्थात १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ भने ५ प्रतिशत अर्थात ५४ हजार कित्ता सामुहिक लगानी कोषहरुमा बाँडफाँट गरिसकेको छ ।

त्यसैगरी, २ प्रतिशतले हुन आउने २१ हजार ६०० कित्ता कर्मचारीहरूका लागि छुट्याइ बाँकी रहेको ८ लाख ९६ हजार ४०० कित्ता सर्वसाधारणका लागि निष्काशन गरेको थियो ।

कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र बाँडफाँट निर्देशिका अनुसार न्यूनतम १० कित्ताको दरले सेयर वितरण हुनेछ । त्यस अनुसार ८९ हजार ६४० जनाले मात्रै सेयर पाउनेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स