काठमाडौं । माया खोला हाइड्रोपावरको आईपीओमा ७.९६ गुणाबढी आवेदन परेको छ । कम्पनीको आईपीओमा अन्तिम दिनसम्ममा १३ लाख ९७ हजार ७२३ वटा आवेदकबाट १ अर्ब ५८ करोड ६३ लाख ८१ हजार रुपैयाँ बराबरको १ करोड ५८ लाख ६३ हजार ८१० कित्ता सेयरको लागि आवेदन परेको हो ।
जुन सर्वसाधारणलाई निष्कासन गरेको सेयरको ७.९६ गुणा बढी हो ।
कम्पनीले माघ १३ गतेदेखि सर्वसाधारणलाई १९ लाख ९२ हजार कित्ता सेयर निष्कासन गरेको हो ।
कम्पनीले जारी पुँजी १ अर्बको २४ प्रतिशतले हुन आउने २४ लाख कित्तामध्ये १० प्रतिशतले हुने २ लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गरि बाँडफाँट गरिसकेको छ । कम्पनीले १ लाख २० हजार कित्ता सामुहिक लगानी कोषलाई बाँडफाँट गरेको छ भने कम्पनीका कर्मचारीलाई ४८ हजार कित्ता सेयर छुट्याएको छ। कम्पनीले बाँकी रहेको १९ लाख ९२ हजार कित्ता सेयर सर्वसाधारणलाई निष्कासन गरेको हो ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।
माया खोला हाईड्रोपावर कम्पनीले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा अवस्थित मायाखोलामा १४.९ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । आयोजनाको प्रति मेगावाट लागत २० करोड १३ लाख रहेको छ ।