दुई जलविद्युत कम्पनीले पाए आईपीओ निष्कासनको अनुमति, कसको कति ?

काठमाडौं । दुई जलविद्युत कम्पनीले आईपीओ निष्कासनका लागि अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले डोल्टी पावर कम्पनी र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडलाई आईपीओ निष्कासनका लागि अनुमति प्रदान गरेको हो ।

बोर्डले अनुमति प्रदान गरेसँगै अब डोल्टी पावरले चुक्तापुँजीका ३० प्रतिशतले हुन आउने १६ करोड ९ लाख ४५ हजार ८०० रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने छ। कम्पनीले स्थानीय र सर्वसाधारणका लागि १०० अंकित दरका कुल १६ लाख ९ हजार ४५८ कित्ता आईपीओ जारी गर्नेछ।

आईपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँ पुग्नेछ।

त्यस्तै, भूगोल इनर्जीले पनि चुक्तापुँजीका ३० प्रतिशतले हुन आउने १६ करोड ३२ लाख १६ हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने छ। कम्पनीले स्थानीय र सर्वसाधारणका लागि १०० अंकित दरका कुल १६ लाख १२ हजार १६० कित्ता आईपीओ जारी गर्नेछ।

आईपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी ५४ करोड ४० लाख ५३ हजार ४०० रुपैयाँ पुग्नेछ।

सर्वसाधारणका लागि छुट्याइएको कुल कित्ताबाट १० प्रतिशतले हुन आउने सेयर भने वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरिनेछ।

दुवै कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स