दुई हाइड्रोपावरको सेयरमूल्य समायोजन, भोलि कतिमा खुल्दैछ कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई हाइड्रोपावरको सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले रिडी हाइड्रोपावर र अरुण भ्याली हाइड्रोपावरको सेयर मूल्य समायोजन गरेको हो ।

यी २ कम्पनीले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ बुक क्लोज गर्ने निर्णय गरेसँगै नेप्सेमा सेयर मूल्य समायोजन भएको हो ।

जसअनुसार, रिडी हाइड्रोपावरको आज सेयरबजार बन्द हुनुभन्दा अघि कायम सेयरमूल्य ५३९ रुपैयाँको आधारमा नेप्सेले ४० प्रतिशत बोनस सेयर वितरणपछिको सेयरमूल्य ३८५ रुपैयाँ कायम गरेको छ ।

त्यस्तै, अरुण भ्याली हाइड्रोपावरको ३३३ रुपैयाँका आधारमा नेप्सेले ८ प्रतिशत बोनस सेयर वितरणपछिको सेयरमूल्य ३०८.३३ रुपैयाँ कायम गरेको छ ।

योसँगै, अब नेप्सेले समायोजन गरेको मूल्यका आधारमा भोलिबाट कारोबार हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स