काठमाडौं । मंगलबार, नेप्से परिसूचक १५.७० अंकले घटेर २१११.६८ अंक विन्दुमा आइपुगेको छ ।
आज ७५ लाख ५३ हजारको कित्ता सेयर २ अर्ब ८२ करोड ३५ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ५७ वटा कम्पनीको सेयर मूल्य बढ्दा १६८ वटा कम्पनीको घटेको छ भने ११ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, आदर्श लघुवित्तको सेयरमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ।
बाराही हाइड्रोपावरको ७.३७%, लुम्बिनी जनरल इन्स्योरेन्सको ६.२०%, इष्टर्न हाइड्रोपावरको ५.८६% र पिपुल्स हाइड्रोपावरको ४.६३ प्रतिशतले सेयरमूल्य बढेको छ।
त्यस्तै, प्राइम लाइफ इन्स्योरेन्सको ५.२१%, मनकामना स्मार्ट लघुवित्तको ४.९७%, गनपति लघुवित्तको ४.४६ प्रतिशतले सेयर मुल्य घटेको छ ।