सर्वसाधारणका लागि माघ २७ गतेदेखि एशियन हाइड्रोपावरको आईपीओ

काठमाडौं। एशियन हाइड्रोपावरले सर्वासाधारणलाई माघ २७ गते आईपीओ बिक्री गर्ने जनाएको छ । कम्पनीले वैदेशिक रोजगारीमा गएकालाई पनि आइपीओ निष्कासन गर्दैछ ।

सर्वसाधारणले ६ लाख ९७ हजार २०० कित्ता प्राथमिक सेयरमा आवेदन दिन सक्नेछन् । यस्तै, वैदेशिक रोजगारीमा गएकालाई कम्पनीले ८४ हजार कित्ता छुट्याएको छ ।

कम्पनीले जारी पुँजी ३४ करोड रुपैयाँको २४.७१ प्रतिशत प्राथमिक सेयर जारी गर्दैछ । १०० रुपैयाँ अंकित मूल्यमा यो कुल ८ लाख ४० हजार कित्ता हुन्छ। यसको १० प्रतिशत वैदेशिक रोजगारीमा गएकाहरुको भाग हो।

५ प्रतिशत अर्थात ४२ हजार कित्ता म्युचुअल फण्ड र २ प्रतिशत अर्थात् १६ हजार ८ सय कित्ता कर्मचारीहरुको हिस्सा हो। बाँकीमा सर्वसाधारणले आवेदन दिने हुन् ।

आवेदकले कम्तिमा १० कित्ता सेयरका लागि आवेदन पेस गर्नुपर्नेछ । अधिकतम २० हजार कित्तासम्म पाइन्छ । आईपीओ बिक्री छिटोमा फागुन २ गते बन्द हुनेछ । सो म्यादसम्म पर्याप्त आवेदन नआए फागुन १२ गतेसम्म लम्बिने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स