काठमाडौं । माया खोला हाइड्रोपावर लिमिटेडको आईपीओमा ५.६३ गुणाबढी आवेदन परेको छ ।
सिडिएस एण्ड क्लियरिङको अनुसार सांझ ४ बजेसम्म कम्पनीको आईपीओ ९ लाख ७४ हजार ७०८ वटा आवेदकबाट १ अर्ब १२ करोड १९ लाख १३ हजार रुपैयाँ बराबरको १ करोड १२ लाख १९ हजार १३० कित्ता सेयरको लागि आवेदन परेको हो ।
जुन सर्वसाधारणलाई निष्कासन गरेको १९ लाख ९२ हजार कित्ता सेयरको ५.६३ गुणा बढी हो ।
कम्पनीले माघ १३ गतेदेखि सर्वसाधारणलाई १९ लाख ९२ हजार कित्ता सेयर निष्कासन गरेको हो ।
कम्पनीले जारी पुँजी १ अर्बको २४ प्रतिशतले हुन आउने २४ लाख कित्तामध्ये १० प्रतिशतले हुने २ लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गरि बाँडफाँट गरिसकेको छ । कम्पनीले १ लाख २० हजार कित्ता सामुहिक लगानी कोषलाई बाँडफाँट गरेको छ भने कम्पनीका कर्मचारीलाई ४८ हजार कित्ता सेयर छुट्याएको छ। कम्पनीले बाँकी रहेको १९ लाख ९२ हजार कित्ता सेयर सर्वसाधारणलाई निष्कासन गरेको हो ।
यस निष्कासनमा सर्वसाधारणले माघ १७ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ता कित्ताको लागि आवेदन दिन सकिने छ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्ड ९सेबोन०बाट अनुमति प्राप्त सी(आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाबाट तथा मेरो सेयरबाट आवेदन दिन सक्नेछन्।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।
माया खोला हाईड्रोपावर कम्पनीले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा अवस्थित मायाखोलामा १४.९ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । आयोजनाको प्रति मेगावाट लागत २० करोड १३ लाख रहेको छ ।