काठमाडौं । सेयरबजारमा भारी गिरावट आएको छ ।
सोमबार, नेप्से परिसूचक ४१.०१ अंकले घटेर २१२७.५२ अंक विन्दुमा आइपुगेको छ ।
आज ८८ लाख ३६ हजारको कित्ता सेयर ३ अर्ब ३० करोड २२ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ९ वटा कम्पनीको सेयर मूल्य बढ्दा २०४ वटा कम्पनीको घटेको छ ।
त्यसैगरि, सूर्या ज्योति लाइफ इन्स्योरेन्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १७ करोड ६५ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।
त्यस्तै, रिडी पावरको १० करोड ४८ लाख, पिपल्स् हाइड्रोपावरको ९ करोड ५६ लाख, उपर तामाकोसीको ९ करोड ३५ लाख र अपी पावरको ७ करोड ७७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।