काठमाडौं । माया खोला हाइड्रोपावरको आईपीओमा ४.४७ गुणा बढी आवेदन परेको छ ।
सीडीएसका अनुसार आज सांझसम्ममा ८ लाख ७ हजार ६९३ जना आवेदकले ९३ लाख १८ हजार २० कित्ताका लागि आवेदन दिएका हुन् ।
जुन मागभन्दा ४.६७ गुणा बढी आवेदन हो ।
कम्पनीले माघ १३ गतेदेखि सर्वसाधारणलाई १९ लाख ९२ हजार कित्ता सेयर निष्कासन गरेको हो ।
कम्पनीले जारी पुँजी १ अर्बको २४ प्रतिशतले हुन आउने २४ लाख कित्तामध्ये १० प्रतिशतले हुने २ लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गरि बाँडफाँट गरिसकेको छ । कम्पनीले १ लाख २० हजार कित्ता सामुहिक लगानी कोषलाई बाँडफाँट गरेको छ भने कम्पनीका कर्मचारीलाई ४८ हजार कित्ता सेयर छुट्याएको छ। कम्पनीले बाँकी रहेको १९ लाख ९२ हजार कित्ता सेयर सर्वसाधारणलाई निष्कासन गरेको हो ।
यस निष्कासनमा सर्वसाधारणले माघ १७ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ता कित्ताको लागि आवेदन दिन सकिने छ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति प्राप्त सी-आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाबाट तथा मेरो सेयरबाट आवेदन दिन सक्नेछन्।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।
माया खोला हाईड्रोपावर कम्पनीले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा अवस्थित मायाखोलामा १४.९ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । आयोजनाको प्रति मेगावाट लागत २० करोड १३ लाख रहेको छ ।