यस्ता छन् आज सर्वाधिक कारोबार हुने १० कम्पनी

काठमाडौं । साताको पहिलो दिन सेयरबजारमा गिरावट आएको छ ।

आइतबार, नेप्से परिसूचक १४.६८ अंकले घटेर २१६८.५३ अंक विन्दुमा आइपुगेको छ ।

आज ८२ लाख ७६ हजारको कित्ता सेयर ३ अर्ब १ करोड ७० लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ४८ वटा कम्पनीको सेयर मूल्य बढ्दा १६१ वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, आइएमई जनरल इन्स्योरेन्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ९ करोड ९९ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, हिमालयन उर्जा कम्पनीको ९ करोड २१ लाख, एनआइसी एसियाको ७ करोड १३ लाख, आँखुखोला जलविद्युतको ६ करोड ८३ लाख र नेपाल लाइफ इप्स्योरेन्सको ६ करोड ६२ रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स