मायाखोला हाइड्रोपावरको आईपीओ निष्कासन तथा बिक्री खुला

काठमाडौं । मायाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ निष्कासन तथा बिक्री खुला भएको छ । कम्पनीले आज (माघ १३ गते)देखि सर्वसाधारणलाई १९ लाख ९२ हजार कित्ता सेयर निष्कासन गरेको हो ।

कम्पनीले जारी पुँजी १ अर्बको २४ प्रतिशतले हुन आउने २४ लाख कित्तामध्ये १० प्रतिशतले हुने २ लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गरि बाँडफाँट गरिसकेको छ । कम्पनीले १ लाख २० हजार कित्ता सामुहिक लगानी कोषलाई बाँडफाँट गरेको छ भने कम्पनीका कर्मचारीलाई ४८ हजार कित्ता सेयर छुट्याएको छ। कम्पनीले बाँकी रहेको १९ लाख ९२ हजार कित्ता सेयर सर्वसाधारणलाई निष्कासन गरेको हो ।

यस निष्कासनमा सर्वसाधारणले माघ १७ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ता कित्ताको लागि आवेदन दिन सकिने छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाबाट तथा मेरो सेयरबाट आवेदन दिन सक्नेछन्।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

माया खोला हाईड्रोपावर कम्पनीले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा अवस्थित मायाखोलामा १४.९ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । आयोजनाको पति मेगावाट लागत २० करोड १३ लाख रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स