काठमाडौं । मिड सोलु हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासनको लागि अनुमति मागेको छ । कम्पनीले माघ ११ गते आईपीओ निष्कासनको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले १४ करोड ९६ लाख ८० हजार रुपैयाँ बराबरको १४ लाख ९६ हजार ८ सय कित्ता सेयर निष्कासनको लागि बोर्डमा आवेदन दिएको हो ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एसिया रहेको छ ।
कम्पनीले सोलुखुम्बुमा ९.५ मेगावाटको मिड सोलु खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।