काठमाडौं । बुधबार, नेप्से परिसूचक १०.३७ अंकले बढेर २१८३.६२ अंक विन्दुमा आइपुगेको छ ।
आज ९५ लाख ३२ हजारको कित्ता सेयर ३ अर्ब ४६ करोड ६५ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, १५९ वटा कम्पनीको सेयर मूल्य बढ्दा ४६ वटा कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, ग्रीन लाइफ हाईड्रोपावरमा १०%, आर्दश लघुवित्तमा १०%, सानिमा जिआईसीमा ९.९९%, सूर्या ज्योति लाइफमा ९.९९% र बलेफी हाईड्रोपावरमा ९.९८ प्रतिशतको सकारात्मक सर्किट लागेको छ ।