एशियन हाइड्रोपावरको आईपीओ बाँडफाँट सम्पन्न

काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । मंगलबार कम्पनीले आयोजना प्रभावित स्थानीय र विदेशमा रहेका नेपाली श्रमिकलाई निष्कासन गरेको आइक्षर््पीओ बाँडफाँट गरेको हो । बिक्री प्रबन्धक एनएमबी क्यापिटलले सेयर बाँडफाँट गरेको हो ।

कम्पनीले इलाम जिल्लाका आयोजना प्रभावित स्थानीयलाई ३ लाख ४० हजार कित्ता सेयर र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई ८४ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो ।

क्यापिटलका अनुसार आयोजना अति प्रभावित क्षेत्र अन्तर्गत २५० कित्तासम्म माग गर्ने १२७० जना स्थानीयले २५० कित्ता सेयर पाएका छन् । ३०० देखि २५०० कित्तासम्मको लागि आवेदन दिने १११ जनाले २८० कित्ता सेयर पाएका छन् । २८० कित्ता सेयर पाएका १११ जना मध्ये गोलाप्रथा बाट ३ जनाले १० कित्ता सेयर पाएका छन् ।

आयोजना प्रभावित क्षेत्र अन्तर्गत १० देखि ३० कित्तासम्म आवेदन दिने २३८३ जनाले माग बमोजिम कै सेयर पाएका छन् । ४० देखि ६ हजार कित्तासम्म आवेदन दिने ४३६८ जनाले ३० कित्ता सेयर पाएका छन् । ३० कित्ता सेयर पाएका ४३६८ जना मध्ये गोलाप्रथाबाट २२३६ जनाले थप १० कित्ता सेयर पाएका छन् । विदेशमा रहेका नेपाली श्रमिक तर्फ ८५९२ जना योग्य रहेकोमा ८ हजार ४ सय जनाले गोलाप्रथाबाट १० कित्ता सेयर पाएका छन् ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स