नेशनल माइक्रोफाइनान्स लघुवित्तको सेयर कारोबार फुकुवा, भोलिबाट कारोबारमा आउने

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार फुकुवा गरिदिएको छ । नेप्सेको आजको निर्णयबाट कम्पनीको सेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो।

संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को लाभांश सम्बन्धि पत्र नेप्सेमा कारोबार समयमा उपलब्ध गराएको कारण नेप्सेले धितोपत्र सूचीकरण विनियमावली बमोजिम सेयर कारोबार रोक्का राखेको थियो ।

साथै संस्थाले आगामी दिनमा यस्तो गल्ती नदोहोर्याने स्पष्टिकरण पेश गरेकोमा नेप्सेले आजदेखि नै सो कम्पनीको सेयर कारोबार फुकुवा गरिदिएको हो ।

योसँगै अब यस लघुवित्तको सेयर भोलि बुधबारबाट कारोबारमा आउनेछ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स