सेयर बजारमा हरियाली छाउँदा नेपाल टेलिकमसहित यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको तेस्रो दिन सेयरबजारमा हरियाली छाएको छ ।

मंगलबार, नेप्से परिसूचक ८.१४ अंकले बढेर २१७३.२४ अंक विन्दुमा आइपुगेको छ ।

आज ८३ हजारको कित्ता सेयर ३ अर्ब ३२ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १०९ वटा कम्पनीको सेयर मूल्य बढ्दा ८९ वटा कम्पनीको घटेको छ भने १० वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, नृपाल टेलिकमको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १२ करोड ९१ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, शिव श्री हाइड्रोपावरको १० करोड ४१ लाख, अपि पावरको ९ करोड ३० लाख, उपर तामाकोसीको ९ करोड १६ लाख र एनआइसी एसिया बैंकको ७ करोड ५३ लाखरुपैयाँमाथिको कारोबार भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स