सीडीएससीको प्रणालीमा समस्या आएपछि माघ ५ गतेको सेयर सेटलमेन्ट आज राफसाफ हुँदै

काठमाडौं । सिडीएस एण्ड क्लियारिङको एप्लिकेसनमा प्राविधिक समस्या आएपछि गत माघ ५ गतेको सेयर सेटलमेन्ट प्रभावित भएको छ।

सेयर राफसाफको जिम्मा पाएको सीडीएससीको प्रणालीमा समस्या आउँदा सेयर सेटलमेन्ट कार्य प्रभावित भएको हो। प्रणालीमा समस्या आएपछि माघ ५ गते भएको सेयर कारोबारको राफसाफ आज माघ १० गते हुने भएको छ ।

सिस्टममा समस्या आएपछि माघ ५ अगाडीको सेयर लगानीकर्ताको डिम्याट खातामा जम्मा भएको छैन । ब्रोकरले माघ ९ गते पठाएको सेयर लगानीकर्ताको डिम्याट खातामा आएको छैन ।

अब मेरोशेयरमा देखिएको समस्या समाधान हुनासाथ पठाएको सेयर मेरोशेयरमा देखिने छ ।

 

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स