साढे ३ अर्बमाथिको कारोबार हुँदा यस्ता छन् सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साताको दोस्रो दिन सेयरबजार गिरावट आएको छ ।

सोमबार, नेप्से परिसूचक १३.७१ अंकले घटेर २१६५.१० अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ७ लाखको कित्ता सेयर ३ अर्ब ८६ करोड ४० लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ४१ वटा कम्पनीको सेयर मूल्य बढ्दा १६६ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, कुमारी बैंकको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २७ करोड ४८ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, एनआइसी एसिया बैंकको १२ करोड ७५ लाख, रिडी पावरको ११ करोड ३३ लाख, अपि पावरको ११ करोड १३ लाख र एभरेष्ट बैंकको १० करोड २ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स