सुपर मादी हाइड्रोपावरको आईपीओ निष्कासन तथा बिक्री खुला

काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडको आईपीओ निष्कासन तथा बिक्री खुला भएको छ । कम्पनीले आज (माघ ९ गते)बाट सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको हो ।

कम्पनीले जारी पुँजी २ अर्ब १० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने २१ करोड रुपैयाँको आईपीओ जारी गरेको हो।

जसअनुसार कम्पनीले १०० अंकित दरका कुल २१ लाख कित्तामध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १० प्रतिशतले हुन आउने २ लाख १० हजार कित्रा बिक्री गरिसकेको छ भने ५ प्रतिशतले हुन आउने १ लाख ५ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ४२ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ।

बाँकी १७ लाख ४३ हजार कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन्।

लगानीकर्ताले न्यूनतम १० कित्ताले अधिकतममा ५० हजार कित्तासम्म खरिद आवेदन दिन सक्ने छन्।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डको अनुमति प्राप्त सी-आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालय तथा सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन्।

उक्त आईपीओको निष्कासन बन्द छिटोमा माघ १२ गते र ढिलोमा माघ २३ गते हुनेछ।

कम्पनीले कास्कीमा ४४ मेगावाटको सुपर मादी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स