काठमाडौं । नेपालकै पहिलो खुलामुखी योजना ‘एनआईबिएल सहभागिता फण्ड’ को आकार वृद्धि गर्न नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको छ । एनआईबिएललाई २ अर्बसम्मको इकाई बिक्री गर्न सकिने गरी बोर्डबाट स्विकृति प्रदान गरेको हो ।
नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड कोष प्रबद्र्घक तथा एनआईबिएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एनआईबिएल म्युचुअल फण्ड अन्र्तगत सञ्चालित नेपालकै पहिलो खुलामुखी योजना ‘एनआईबिएल सहभागिता फण्ड’ को १० करोड इकाईसम्म जारी गर्न सक्ने व्यवस्था सबोनले गरेको हो ।
कम्पनीको योजनका आकार हाल १ अर्ब रहेको छ । आम लगानीकर्ताहरूको माग बमोजिम सो इकाईमा थप १० करोड इकाई जारी गर्न सकिने गरी नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त भएकोले यो योजनाको आकार वृद्धि भई २ अर्ब रुपैयाँ कायम भएको छ ।
नेपालकै पहिलो खुलामुखी योजनाको रुपमा पूँजी बजारमा स्थापित हुन सफल यस योजनाले संञ्चालनको पहिलो वर्षबाट नै आफ्ना इकाईधनीहरुलाई निरन्तर उचित प्रतिफल दिन सफल भइरहेको छ जस अन्र्तगत संञ्चालनको ३ वर्षमा कुल ६५.४५ प्रतिशत लाभांश वितरण गरी औसत वार्षिक २१.८१ प्रतिशतका दरले प्रतिफल वितरण गरीसकेको छ ।
जुन हाल संञ्चालनमा रहेका अन्य खुलामुखी योजनाहरुको तुलनामा सबैभन्दा बढि प्रतिफल हो । यस योजनामा लगानी गर्न चाहने लगानीकर्ताहरुले योजना व्यवस्थापकको सम्पूर्ण शाखा कार्यालयहरु, तोकिएको वितरक कार्यालयहरु साथैअनलाईन मार्फत इकाई खरिदका लागि आवेदन दिन सक्ने बताइएको छ ।
नेपालको पुँजी बजारमा एउटा दक्ष तथा अनुभवी योजना व्यवस्थापकको परिचय बनाउन सफल योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटल लिमिटेड मार्फत ३ वर्ष अघि यस योजना २० करोडको आकारमा संञ्चालनमा आएको थियो ।
त्यस पछिका दिनमा आम लगानीकर्ताहरुको उल्लेख्य सहभागिता तथा यस योजना प्रतिकोउच्च आकर्षणका कारणले हाल १ अर्ब भन्दा बढिको आकारमा संञ्चालनमा रहेको छ । जुन हाल सञ्चालनमा रहेका अन्य खुलामुखी योजनाहरुको तुलनामा सबैभन्दा ठूलो आकारको खुलामुखी योजना हो ।