काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडको आईपीओमा १४.९३ गुणा भन्दा बढी आवेदन परेको छ ।
कम्पनीको आईपीओमा ११ लाख ४७ हजार ५०२ जना आवेदकहरुबाट १ अर्ब ३३ करोड ९१ लाख ८१ हजार रुपैयाँ बराबरको १ करोड ३३ लाख ९१ हजार ८१० कित्ता आवेदन परेको हो ।
जुन सर्वसाधारणको लागि निष्कासन गरेको ८ लाख ९६ हजार ४०० कित्ता सेयरको १४.९३ गुणा बढी हो ।
कम्पनीले आफ्नो जारी पुँजी ६० करोड रुपैयाँको १८ प्रतिशतले हुन आउने १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको थियो ।
सोमध्ये १० प्रतिशत अर्थात १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरिसकेको छ भने ५ प्रतिशत अर्थात ५४ हजार कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिसकेको छ । त्यसैगरी, २ प्रतिशतले हुन आउने २१ हजार ६०० कित्ता कर्मचारीहरूका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी ८ लाख ९६ हजार ४०० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
सो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता सेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ४ हजार ९९० कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन माघ ६ गते सम्म आवेदन दिन सकिने छ ।
आईपीओ निष्कासनका लागि गराएको रेटिङ अनुसार केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यस्तरको जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।