सगरमाथा जलविद्युतको आईपीओ निष्कासन तथा बिक्री खुला

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले आईपीओ निष्कासन तथा बिक्री खुला भएको छ । कम्पनीले आज (माघ ५ गते) देखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेको हो ।

कम्पनीले जारी पूँजी १ अर्ब १२ करोड रुपैयाँको १० प्रतिशत अर्थात ११ करोड २० लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका ११ लाख २० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्र ईलाम जिल्लाका स्थानिय बासिन्दाहरुका लागि निष्कासन गरेको हो।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई भने सर्वसाधारणका लागि छुट्याइएको कुल सेयरको १० प्रतिशतले हुन आउने ४ लाख ३६ हजार ८०० कित्ता सेयर निष्कासन गरेको हो।

कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ।

उक्त सेयरमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म र वैदेशिक रोजगारीमा रहेका न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्।

स्थानीयले भने छिटोमा माघ १९ गते गतेसम्म आवेदन दिन सक्ने छन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीले माघ १९ गतेसम्म खरिद आवेदन दिन पाउनेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीले भने नेपाल धितोपत्र बोर्डबाट सी-आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

स्थानीयले इलामस्थित प्रभु बैंक, सेञ्चुरी कमर्सियल बैंक र प्राइम बैंकमा खरिद आवेदन पेस गर्न सक्नेछन्। प्रभु क्यापिटलले तयार पारेको अनलाइनबाट आवेदन दिन सकिनेछ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स