नेप्सेमा एक बैंक सहित ३ कम्पनीको कुल ८४ लाख कित्ताबढी बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक बैंक सहित ३ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बुधबार मेगा बैंक, गुराँस लाइफ इन्स्योरेन्स र रुरु जलविद्यूत कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

जसअनुसार, मेगा बैंकको ४ प्रतिशत दरका कुल ६४ लाख ४८ हजार १८४ कित्ता, गुराँस लाइफ इन्स्योरेन्सको १५ लाख ५१ हजार २०० कित्ता र रुरु जलविद्युतको १० प्रतिशत दरका कुल ४ लाख ४८ हजार ४७६ कित्ता गरी कुल ८४ लाख ४७ हजार ८६० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स