काठमाडौं । बुधबार, नेप्से परिसूचक ९.०१ अंकले घटेर २१७३.१० अंक विन्दुमा आइपुगेको छ ।
आज १ करोड ३३ लाख ४ हजारको कित्ता सेयर ४ अर्ब ९२ करोड ८७ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ८० वटा कम्पनीको सेयर मूल्य बढ्दा १२१ वटा कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, पिपल्स हाइड्रोपावरमा १०%, बाराही हाइड्रोपावरमा ९.९९%, हिमालयन उर्जा विकास कम्पनीमा ९.९९%, ग्रिन भेन्चरमा ९.९८ प्रतिशतले सकारात्मक सर्किट लागेको छ ।