नेप्सेमा हरियाली छाउँदा ५ कम्पनीमा लाग्यो सकरात्मक सर्किट, कुनले कति कमाए ?

काठमाडौं । मंगलबार, नेप्से परिसूचक ३२.७२ अंकले बढेर २१८२.११ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड १८ लाख ८३ हजारको कित्ता सेयर ३ अर्ब ७२ करोड ४७ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १६९ वटा कम्पनीको सेयर मूल्य बढ्दा ३० वटा कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, ग्रीन भेन्चर्स, आर्दश लघुवित्त, पिपल्स् हाईड्रोपावरमा १० प्रतिशतको सबरात्मक सर्किट लागेको छ ।

वाराही हाइड्रोपावरमा ९.९७%, घलेम्दी हाइड्रोमा ९.९६%, हिमालयन हाईड्रोपावरमा ९.८१%, बलेफी हाईड्रोपावरमा ९.८१%, सिदार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २मा ९.१६%, अपी पावरमा ८.९७% र शिव श्री पावरमा ८.७३ प्रतिशले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स