एक लघुवित्तसहित दुई कम्पनीको सेयरमूल्य समायोजन, भोलि कतिमा खुल्दैछ कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले एक लघुवित्तसहित दुई कम्पनीको सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले आँधिखोला लघुवित्त वित्तीय संस्था र नेको इन्स्योरेन्सको सेयरमूल्य समायोजन गरेको हो ।

यी २ कम्पनीले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ बुक क्लोज गर्ने निर्णय गरेसँगै नेप्सेमा सेयर मूल्य समायोजन भएको हो । नेप्सले समायोजन गरेको मूल्यका आधारमा कारोबार हुनेछ ।

आँधिखोला लघुवित्तको ३० प्रतिशत बोनस सेयरमा सेयर मूल्यमा समायोजन भएको छ । नेप्सेले प्रतिकित्ता १७७५.५० रुपैयाँका आधारमा ३० प्रतिशत बोनस सेयर वितरणपछिको सेयरमूल्य १३६५.७७ रुपैयाँ कायम गरेको छ ।

त्यस्तै, नेको इन्स्योरेन्सको पुष २८ गतेसम्म कायम ८९५.२० रुपैयाँ का आधारमा १५ प्रतिशत बोनस सेयर वितरणपछिको सेयरमूल्य ७७८.४३ रुपैयाँ कायम गरेको छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स