पुँजी बजार सुधारको क्रमममा, सातामा बढ्यो, नेप्से परिसूचक २२११.७६ विन्दु पुग्यो

काठमाडौं । नयाँ सरकार गठनपछि पछिल्लो समय लगानीकर्ताको मनोबल बढेको देखिन्छ । प्रधानमन्त्री र अर्थमन्त्री दुवैले पुँजी बजारलाई प्राथमिकतामा राखेर समग्र अर्थतन्त्रसहित पुँजी बजार सुधारका लागि काम गर्ने सार्वजनिक रूपमै उद्घोेष गरे । सोही कारण छोटो समयमै धेरै अंक बढेको बजारमा करेक्सन आउने लगानीकर्ताको अनुमान विपरीत ‘इन्ट्रा डे’ मा करेक्सन भएर नेप्सेले नयाँ उचाइ लिएको छ ।

सोमवार नेप्से परिसूचक ४७.१५ बढेर बन्द भएको छ । परिसूचक बढेर २२११.७६ विन्दुमा पुगेको छ । यस दिन २५७ धितोपत्रको १ करोड ४६ लाख ६७ हजार २०६ कित्ता सेयरको ७४ हजार ५४३ पटकमा ५ अर्ब ३१ करोड बराबरको कारोबार भएको छ । नेप्से परिसूचक साढे सात महीनापछि २२ विन्दुमा माथि पुगेको हो । यसअघि जेठ १३ गते नेप्से परिसूचक २२२३.७८ विन्दुमा पुगेको थियो ।

पछिल्लो समय वित्तीय प्रणालीमा तरलता सहज हुन थालेकाले पनि बजार थप बढ्न टेवा पुगेकोले पनि बजार बढ्न गएको यस क्षेत्रका जानकारहरू भनाइ छ । बजार बढ्दा कम पुँजी भएका कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण परेको देखिन्छ । सोही कारण सोमवार अधिकांश जलविद्युत् कम्पनीहरूको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ ।

सोमवार आठ धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । बरुण हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, छ्याङ्दी हाइड्रोपावर, जोशी हाइड्रोपावर, हिमालयन ऊर्जा विकास कम्पनी, युनियन हाइड्रोपावर, सिंगटी हाइड्रो इनर्जी र खप्तड लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशतका दरले वृद्धि भएपछि सकारात्मक सर्किट लागेको छ ।

स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा बढी ३.५७ प्रतिशत घटेर १ हजार ५९५ रुपैयाँ कायम भएको छ । दोस्रोमा धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य २. ४४ प्रतिशत घटेर १ हजार ५६० कायम भएको छ ।

यस दिन रिडी पावर कम्पनीको सर्वाधिक सेयर खरीद बिक्री भई २० करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । कम्पनीको सेयर मूल्य ६ सय कायम भएको छ । त्यस्तै दोस्रोमा ङादी गू्रप पावरको १६ करोड ९६ लाख बराबरको कारोबार भएको छ ।

कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये होटल तथा पर्यटन समूहको परिसूचक ०. १७ प्रतिशत घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ । सबैभन्दा बढी जलविद्युत् समूहको परिसूचक ४.९४ प्रतिशत वृद्धि भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स