५ अर्बमाथिको कारोबार हुँदा यस्ता छन् सर्वाधिक सेयर खरिदबिक्री हुने १० कम्पनी

काठमाडौं । सेयरबजारमा भारी गिरावट आएको छ ।

बिहीबार, नेप्से परिसूचक ४१.०२ अंकले घटेर २१४९.४१ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ४४ लाख ४२ हजारको कित्ता सेयर ५ अर्ब ४७ करोड ७६ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, २१ वटा कम्पनीको सेयर मूल्य बढ्दा १८४ वटा कम्पनीको घटेको छ भने १ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, शिवम् सिमेन्टस्को सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २२ करोड २० लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, रिडी पावरको १७ करोड ८३ लाख, न्याङदी ग्रुपको १६ करोड ९४ लाख,अपि पावरको १४ करोड ४ लाख र उपर तामाकोसीको १२ करोड ८४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स