काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको बिहीबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।
कम्पनीले हाल कायम चुक्तापुँजीको कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। जसमा १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश छन्।
उक्त लाभांश कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित
भएपछि सेयरधनीहरुमा वितरण हुने छ ।