तारागाउँ रिजेन्सी होटेल्सको लाभांश घोषणा

काठमाडौं । तारागाउँ रिजेन्सी होटेल्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस १६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।

कम्पनीले हाल कायम चुक्तापुँजी १ अर्ब ८८ करोड ६६ लाख ५४ हजार रुपैयाँको ८.४२ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावबमोजिम कम्पनीले १५ करोड ८८ लाख ७६ हजार १२६ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ।

उक्त लाभांश कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरुमा वितरण हुने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स