रिडी पावरका अध्यक्ष गुरुप्रसाद न्यौपाने सेबोनको कारवाहीमा, कति गर्यो जरिवाना ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले इन्साइडर ट्रेडिङ गरेको भन्दै रिडी पावरका अध्यक्ष गुरुप्रसाद न्यौपानेलाई कारवाही गरेको छ ।

बोर्डले १० वर्ष कुनै पनि पब्लिक कम्पनीमा सञ्चालक हुन नपाउने गरि कारवाही गरेको हो । बोर्डले गरेको अनुसन्धानबाट उनले नियम उल्लघंन गरेको एथेष्ट प्रमाणको आधारमा उनलाई कारवाही गरिएको सेबोनका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठले जानकारी दिए । ‘धितोपत्र सम्बन्धी सेबोनले गरेको व्यवस्थामा कुनै पनि कम्पनीको सञ्चालक हुँदा वा सञ्चालक छोडेको १ वर्षसम्म सेयर कारोबार गर्न नपाउने व्यवस्था छ,’ उनदे भने ‘उनले सो नियम उल्लघंन गरेकाले कारवाही स्वरुप ७५ हजार रुपैयाँ जरिवाना गरिएको हो ।’

 

बोर्डले धितोपत्र ऐन २०६३ को दफा १०१(७) अनुसार कारवाही गर्दै ७५ हजार जरीवाना समेत गरेको छ । उनी लामो समयदेखि हाइड्रोपावर कम्पनीमा लागनी गर्दै आएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स