माया खोला हाईड्रोपावरको आईपीओ बाँडफाँट सम्पन्न, यसरी हेर्नुस् नतिजा

काठमाडौं । माया खोला हाईड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका लागि निष्कासन गरेको सेयर आज बाँडफाँट सम्पन्न गरेको हो ।

कम्पनीले मङ्सिर २३ गतेदेखि संखुवासभा जिल्लाको चैनपुर न.पा.को वडा नं. ८ र ९, धर्मदेवी न।पा। को वडा नं. ३,४ र ५, मादी न.पा.को वडा नं. ४ र ६ का स्थाई बासीन्दाहरुको लागि ६,००,००० र प्रभावित क्षेत्र संखुवासभा जिल्लाका चैनपुर न.पा.को वडा नं. ८ र ९, धर्मदेवी न.पा.को वडा नं. ३,४ र ५, मादी न.पा.को वडा नं. ४ र ६ बाहेकका चैनपुर, धर्मदेवी र मादी नगरपालिकका स्थाई बासीन्दाहरुको लागि ४,००,००० कित्ता शेयर निष्काशन गरेको थियो ।

क्यापिटलका अनुसार उक्त सेयर बाँडफाँटमा अति प्रभावितमा १,७७२ जना आवेदकबाट प्राप्त ६,९०,९४० कित्ताको लागि प्राप्त आवेदन रितवुर्वक प्राप्त भएकोमा १० कित्ता देखि १,२०० कित्ता सम्म आवेदन आवेदकलाई सम्पूर्ण कित्ता गरी जम्मा ५,२१,६२० कित्ता सेयर र १२०० कित्ता भन्दा बढी ९,५२० कित्ता सेयरको लागि आवेदन दिने प्रत्येक आवेदकहरुलाई १२०० कित्ता सेयर गरी ७८,००० कित्ता सेयर गर्दा जम्मा ५,९९,६२० कित्ता सेयर भएको र बाँकी रहेको ३८० कित्ताको लागि १३०० कित्ता देखि ९,५२० कित्ता सम्म आवेदन दिने ६५ जना मध्ये ३८ जना हरेकलाई १० कित्ता शेयर बाँडफाँट गरिएको छ ।

साथै प्रभावितमा २,०६२ जना आवेदकहरुबाट ४,०१,८०० कित्ताको लागि आवेदन प्राप्त भएकोमा रितपुर्वक प्राप्त भएका आवेदनहरु मध्येहरुलाई ४,००,००० कित्ता सेयर धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४ को निर्देशन ३० को ४ अनुसारले बाँडफाँट सम्पन्न गरिएको क्यापिटलले जनाएको छ।

बाँडफाँटको नतिजा प्रभु क्यापिटलको वेवसाइट : https://results.prabhucapital.com बाट हेर्न सकिने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स