पालुन खोला हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

काठमाडौं । पालुन खोला हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले १९ लाख कित्ता सेयरस्थानीयवासी तथा सर्वसाधारणलाई निष्कासन गर्न लागेको हो।

कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ।

आइतबार पालुनखोला हाइड्रोपावर तर्फबाट कार्यकारी अध्यक्ष पुष्पज्योति ढुंगाना तथा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध सञ्चालक दिनेश थकालीेले नियुक्तिसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

पालुन खोला हाइड्रोपावर कम्पनीले ताप्लेजुङको मिखवा गाउँपालिकास्थित पालुन खोलामा २१ मेगावाटको आयोजना निर्माण गरिरहेको छ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स