नेपाल वेयर हाउजिङले आईपीओ निष्कासन गर्ने, माग्यो बोर्डको अनुमति

काठमाडौं । निम्बस ग्रूपसहित अन्य लगानीकर्ताको लगानी रहेको नेपाल वेयर हाउजिङ कम्पनीले आईपीओ बिक्री गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्नको लागि नोपल धितोेपत्र बोर्डसँग अनुमति मागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले सर्वसाधारणलाई १३ लाख ७५ हजार कित्ता आईपीओ बिक्री गर्न अनुमति मागेको हो । वेयर हाउजिङको आईपीओ बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको ।

उपर्युक्त लगानीकर्ताहरुबाट कुल चालू पुँजी ६८.७५ करोडको ८० प्रतिशतले हुन आउने ५५ करोडको सेयर लगानी भइसकेको छ । आगामी आर्थिक वर्ष २०७९÷०८० मा सार्वजनिक निष्काशनबाट कुल जारी पुँजीको २० प्रतिशतबराबरको रकम १३.७५ करोड जम्मा गरिने कम्पनीले जनाएको छ।

नेपाल वेयर हाउजिङ कम्पनीले व्यापारिक र औद्योगिक उद्देश्यका लागि अन्नको व्यापार गर्ने किसान, व्यापारी, मिलर र व्यापारीहरुको अन्न भण्डारण आवश्यकताहरु पुरा गर्दै आएको छ । कम्पनीले प्रदेश नम्बर १, मधेश प्रदेश र लुम्बिनी प्रदेशमा ५५ हजार मेट्रिक टन क्षमताका भण्डारण गृहहरु सञ्चालन गर्दै आएको जानकारी गराएको छ ।

यो भण्डारण गृहको कुल क्षमता १५ हजार मेट्रिक टन रहेको छ । यस भण्डारण गृहमा तत्काल गहूँ, मकै र भटमास भण्डारण गरिनेछ ।

वेयर हाउजिङ एभरेस्ट बैंकको अगुवाइमा नेपाल एसबीआई बैंक, हिमालयन बैंक, बैंक अफ काठमाडौँ, कृषि विकास बैंकको सहवीत्तीयकरणमा गरिएको छ ।

यस कम्पनीमा निम्बस समूह, शिखर इन्स्योरेन्स, प्रोबियोटक इन्डस्ट्रिज, श्रीनगर एग्रो फार्म, एनएमबी बैंक, टिम भेन्चर्स, टिएनआई इन्भेस्टले लगानी गरेका छन्।

पछिल्लो चरणमा नेपाल इन्फ्राष्ट्रक्चर बैंक लि, मुक्तिनाथ कृषि कम्पनी, हिमालयन क्यापिटल, आईएमई जनरल इन्स्योरेन्स, हाथवे इन्भेस्टमेन्ट, अल्फा क्यापिटल, आध्यानता फन्ड म्यानेजमेन्ट समेतले पुँजी लगानी गरेका छन् ।

यो भण्डारण गृहको कुल क्षमता १५ हजार मेट्रिक टन रहेको छ। यस भण्डारण गृहमा तत्काल गहूँ, मकै र भटमास भण्डारण गरिनेछ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स