सीडीएससीले सेयर कारोबारको सेटलमेन्ट नगरे बैंक परिवर्तन गर्ने दवाव दिएपछि ग्लोबल र प्रभु बैंकले गरे सेटलमेन्ट

काठमाडौं । सीडीएससीले सेयर कारोबारको सेटलमेन्ट नगरे बैंक परिवर्तन गर्ने दवाव दिएपछि ग्लोबल आईएमई बैंक र प्रभु बैंकले चेक क्लियरिङ गरेका छन् । एकीकृत कारोबारका लागि ग्लोबल आईएमई बैंकले शुक्रबारदेखि बैकिङ सेवा बन्द गरेको छ भने प्रभु बैंकले आज राति १२ बजेदेखि सम्पूर्ण बैंकिङ सेवा बन्द गर्दैछ ।

सीडीएससीले यसरी बैकिङ सेवा बन्द गर्दा सेयर कारोबार राफसाफ सेटलमेन्टमा समस्या आउने देखेपछि सीडीएससीले जसरी पनि सेवा दिनुपर्ने भन्दै बैंकलाई राफसाफ गर्न लगाएको सीडीएससीका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले बताए ।

सीडीएससी र नेपाल धितोपत्र बोर्डसम्मको दवावपछि ग्लोबल बैंकले दिउँसो १ घण्टामात्रै राफसाफको सेवा सञ्चालन गरेको छ भने प्रभुले राफसाफ गर्न आनाकानी गरेपनि अन्त्यका सीडीएससीको निर्देशन पालन गरेको छ ।

‘हामीले यदि तपाईहरूले सेटलमेन्ट गर्न सक्नु हुँदैन वा गर्नु हुँदैन भने बैंक नै परिवर्तन गर्न बाध्य हुनेछौं भनेर दुबै बैंकलाई दवाव दिएपछि दुबै बैंक रोकेको सेवा दिन पुनः बाध्य भएका हुन्, सीईओ आचार्यले भने ।

सेयर साफसाफको लागि सीडीएससीले जम्मा ३ वटा बैंकलाई स्वीकृति दिएको छ । जसमध्ये सिद्धार्थ बैंकले खासै कारोबार गर्न सकेको छैन भने राफसाफका लागि स्वीकृत पाएका ग्लोबल आईएमई बैंक र प्रभु बैंक दुबै एकीकृत कारोबारका लागि डाटा माइग्रेशन रहेका छन् । उनीहरूले सो प्रयोजनका लागि बैंकिङ सेवा बन्द गरेका हुन् ।

ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू भोलि सोमबार पुस २५ गते एकीकृत कारोबार गर्दैछन् भने प्रभु र सेन्चुरी कमर्शियर बैंकले पर्सी मंगलबार २६ गतेदेखि एकीकृत कारोबार गर्दैछन् ।

दैनिक ४/५ अर्बको सेटलमेन्टको जिम्मा पाएका ग्लोबल र प्रभु बैंक मर्जर एकीकृत कारोबार समयावधिको लागि सेवा रोक्का भएपनि सेयर कारोबार सेटलमेन्टका लागि भने दुबै बैंक बाध्य भएर सीडीएससीको दवावपछि बैंक खोलि सेवा दिन बाध्य भएका छन् ।

दुबै बैंकले एकीकृत कारोबार गर्ने प्रयोजनका लागि ‘डाटा माइग्रेसनकै कारण बैंकिङ सेवा बन्दका हुन् । यस विषयमा सीडीएससीले गत शुक्रबार पनि छलफल गरेको थियो भने आज आइतबार पनि सम्बिन्धित बैंकका पदाधिकारीलाई बोलाएर छलफल गरी बैंक खोलेर सेटलमेन्ट सुचारु गर्न लगाएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स