करिब साढे ५ अर्बको कारोबार हुँदा हिमालयन डेष्टिलरीसहित यी कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । आइतबार, नेप्से परिसूचक २०.५५ अंकले बढेर २१६४.४८ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ४१ लाखको कित्ता सेयर ५ अर्ब ४५ करोड ९९ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १३३ वटा कम्पनीको सेयर मूल्य बढ्दा ७१ वटा कम्पनीको घटेको छ भने ९ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, हिमालयन डेष्टिलरीको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २१ करोड २९ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, शिवम् सिमेन्टस्को १९ करोड ६८ लाख, रिडी पावरको १५ करोड ७१ लाख, न्याङदी गु्रपको १४ करोड ४८ लाख र अपि पावरको १३ करोड ७३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स