काठमाडौं । सेयर बजारमा हरियाली छाउने क्रम जारी रहेको छ ।
आइतबार, नेप्से परिसूचक २०.५५ अंकले बढेर २१६४.४८ अंक विन्दुमा आइपुगेको छ ।
आज १ करोड ४१ लाखको कित्ता सेयर ५ अर्ब ४५ करोड ९९ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, १३३ वटा कम्पनीको सेयर मूल्य बढ्दा ७१ वटा कम्पनीको घटेको छ भने ९ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
आज खप्तड लघुवित्तमा १०%, वाराही हाइड्रोपावरमा १०%, न्याङदी गु्रप पावरमा ९.९३%, मनकामना स्मार्ट लघुवित्तमा ९.५४, ग्लोबल आईएमई सम्मुनतमा ९.३८ प्रतिशतको सकरात्मक सर्किट लागेको छ ।