सेयर बजारसम्बन्धी जनचेतनामूलक म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । सेयर बजारसम्बन्धी जनचेतनामूलक म्युजिक भिडियो सार्वजनिक भएको छ। सबैको चासो र लगानीको प्रमुख क्षेत्र सेयर बजारसम्बन्धी जनचेतनामूलक म्युजिक भिडियो आज पुस २२ गते सार्वजनिक गरिएको हो ।

सेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरुको संख्या लगभग ५५ लाखको हाराहारी पुगिसकेको र यस क्षेत्रमा लगानी गर्न चाहने नयाँ लगानीकर्तालाई बजारमा प्रवेश गर्ने क्रममा केही सिक्न तथा बुझ्न सहज होस र पुराना लगानीकर्ताले पनि यस गीतमा भएको सन्देशअनुसार लगानीको उचित निर्णय गर्न सजिलो होस् भन्ने उद्देश्यले यो गीतको परिकल्पना गरिएको छ।

सोहीबमोजिम रेकर्डिङ भई ‘सेयर बजार सिक्नलाई अघि बढौं हुन्न लजार, बुझ्नलाई अघि बढौं हुन्न लजार’ बोलको म्युजिक भिडियोसहितको गीत सार्वजनिक गरिएको छ।

यस गीतमा लोकनाथ सापकोट र टीका पुनको स्वर रहेको छ भने शब्द विन्दु कोइरालाको रहेको छ ।

Event Court – https://www.youtube.com/@eventcourts

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स