काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्थाले छैठौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको पुस २१ गते बसेको सञ्चालक समितिको बैठकले माघ १३ गते विहान साढे ११ बजे होटल गाउँवेशी, वालिङ स्याङ्जामा वार्षिक साधारण सभा बोलाएको हो ।
लघुवित्तको सभाले संचालक समितिको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७८/०७९ को लेखापरीक्षण प्रतिवेदन सहितको सम्पूर्ण वित्तिय विवरणहरु, आर्थिक वर्ष २०७९/०८० का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्नेछ ।
लघुवित्तको सभाले गत आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५८ प्रतिशत नगद गरी कुल ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै सभाले उपयुक्त लघुवित्त वित्तीय संस्थासँग मर्जरमा जानका लागि आवश्यक प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।
लघुवित्तले लाभांश तथा साधारण सभा प्रयोजनार्थ माघ ३ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले माघ २ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै लाभांश प्राप्त र साधारण सभामा सहभागी हुन सक्नेछन् ।