प्रिमियर इन्स्योरेन्स र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य समायोजन, कतिमा हुँदैछ सेयर कारोबार ?

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न २ कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले प्रिमियर इन्स्योरेन्स र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य समायोजन गरेको हो ।

यी २ कम्पनीले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ बुक क्लोज गर्ने निर्णय गरेसँगै नेप्सेमा सेयर मूल्य समायोजन भएको हो । नेप्सले समायोजन गरेको मूल्यका आधारमा कारोबार हुनेछ ।

प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको १४.२५ प्रतिशत बोनस सेयर सेयर मूल्यमा समायोजन भएको छ । नेप्सेले प्रतिकित्ता ६८९.७२ रूपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको छ । बिहीबार कम्पनको सेयर प्रतिकित्ता ७८८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको १० प्रतिशत बोनस सेयर सेयर मूल्यमा समायोजन भएको छ । नेप्सेले प्रतिकित्ता ८५८.९ रूपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको छ । बिहीबार लघुवित्तको सेयर प्रतिकित्ता ९४३.९० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स