काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । बिहीबार बसेको कम्पनीको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.३९४७ नगद लाभांश गरि ७.८९४७ वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त लाभांश कम्पनीको आगमी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।
हाल कम्पनीको चुक्ता पुँजी ३८४.४९ करोड रहेको छ ।