नेप्से १७ अंकले बढ्दा ९ कम्पनीमा लाग्यो सकरात्मक सर्किट, कुन कम्पनीले कति कमाए ?

काठमाडौं । साताको अन्तिम दिन सेयरबजारमा हरियाली छाएको छ ।

बिहीबार, नेप्से परिसूचक १७.९२ अंकले बढेर २१४३.७६ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड २५ लाख ८१ हजारको कित्ता सेयर ५ अर्ब ४ करोड ७ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १४७ वटा कम्पनीको सेयर मूल्य बढ्दा ६२ वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

आज चन्द्रागिरि हिल्स्मा १०%, बुद्व भूमि नेपालमा १०%, धौलागिरी लघुवित्तमा १०%, खप्तड लघुवित्तमा १०%, सृजनशील लघुवित्तमा १०%, वाराही हाइड्रोपावरमा ९.९७%, हिमालय उर्जा विकासमा ९.९७%,इष्टर्न हाइड्रोपावरमा ९.८९% र हिमालयन हाइड्रोपावरमा ९.८९ प्रतिशतको सकरात्मक सर्किट लागेको छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स