काठमाडौं । सेयरबजारमा उछाल आएको छ ।
बुधबार, नेप्से परिसूचक ६४.८७ अंकले बढेर २१२५.९४ अंक विन्दुमा आइपुगेको छ ।
आज ८७ लाख ३३ हजारको कित्ता सेयर ३ अर्ब ५० करोड ११ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, २०७ वटा कम्पनीको सेयर मूल्य बढ्दा ५ वटा कम्पनीको घटेको छ ।
आज साल्ट ट्रेडिङमा १०%, हिमालयन डेष्टिलरीमा १०%, कालिका लघुवित्तमा १०%, मिरमिरे लघुवित्तमा १०%, किसान लघुवित्तमा १०%, नडिप लघुवित्तमा १०%, पिपल्स् पावरमा १०%, खप्तड लघुवित्तमा १०%, कालिका पावरमा ९.९९%, आरएसडीसी लघुवित्तमामा ९.९८%,बराही हाइड्रोपावरमा ९.९८%,विन्धवासीनी हाइड्रोपावरमा ९.९८%, हिमालयन हाइड्रोपावरमा ९.९६%, आस्था लघुवित्तमा ९.९४%, सबैको लघुवित्तमा ९.८८%, निरधन लघुवित्तमा ९.९७%, ग्रामीण विकास लघुवित्तमा ९.८५ प्रतिशतको सकरात्मक सर्किट लागेकोे छ ।