३२०० बिन्दुमा किन्नलाई ‘कम्फण्ट’ मान्ने लगानीकर्ता २००० को इन्डेक्समा किन डराउँछन् ?

काठमाडौं । नव गठित सरकारको पुँजी बजारलाई सकारात्मक दृष्ट्रिकोणबाट हेरिरहेको बेला लगानीकर्ता किन लगानी गर्न डराइरहेका छन् भन्ने उत्तर आम खोजिरहेका छन् । नयाँ सरकारको १ नम्बर एजेण्डा नै पुँजी बजार सुधार सम्बन्धि रहेकोे हालको अवस्थामा पनि सेयर बजारमा किन लगानीकर्ताहरू ढुक्कले लगानी गर्न सकिरहेका छैनन् ।

‘वित्तीय र मौद्रिक नीतिको सामञ्जस्य कार्यान्वयनबाट अर्थतन्त्रमा देखिएको तरलता संकुचन, उच्च ब्याजदर, बढ्दै गएको विदेशी मुद्राको सञ्चिति तथा पुँजी बजारमा आएको गिरावटलाई सम्बोधन गरी अर्थतन्त्रलाई गतिशील बनाउने,’ मुख्य एजेण्डा रहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थमन्त्री विष्णु पौडेल र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई समेत ब्याजदर घटाउन र बजारमा तरलता सहज गर्न निर्देशन दिइसकेका छन् । अब आउँदो माघदेखि ब्याजदर घट्ने सम्भावना बढ्दै गएको छ । बैंकहरूलाई अन्य क्षेत्रमा जस्तै घरजग्गा तथा चालु पु्ँजी कर्जामा गरेको व्यवस्था पनि अबको लागनी पुँजी बजारमा आकर्षित हुने पक्काजस्तै भएको छ ।

सरकारबाट बजारले पूर्ण रुपमा साथ पाएको नेप्से परिसूचक ३२ सय विन्दु भन्दा अहिले अधिकांश कम्पनीको मूल्य ५० देखि ६० प्रतिशत कम भएको छ । अहिले इन्डेक्श २००० विन्दुको हाराहारीमा छ । बैंक तथा वित्तीय संस्थाका सूचकहरू राम्रो हुँदै आएको छ । राष्ट्र बैंकको लक्ष्य अनुसार सीडी रेसियो कायम हुँदै गएको छ ।

बीमा कम्पनीको चुक्ता पुँजी पुर्याउनु पर्ने दायित्वमा थप सेयरहरू नथपि मर्जरबाटै पुर्याउन खोजिएकोले थप कित्ताहरू सप्लाइ नआउने तथा हिमालयन र एभरेष्ट इन्स्योरेन्सलगायतको हकमा समान स्वाप रेसियो नभएर १५ प्रतिशत एभरेष्टको स्वाप रेसियो घटेर सेयर कायम रहेकोले कम सप्लाइ आएको छ ।

यसका साथै वाणिज्य बैंकहरूको मर्जरले पनि बजार बढ्न थप टेवा मिलेको छ । वाणिज्य बैंकहरूको मर्जर पछि आउने सेयरको उपस्थितिले पनि बजारले थप प्रेसर फिल गर्न परेको छैन र पर्दैन पनि ।

यी सबै कारणले अहिले सेयर बजारमा लगानी गर्न डराउनु नपर्ने भएको लगानीकर्ताहरूले बताइरहेका छन् । बढ्दो बजारलाई अझ माथि उकास्न लगानीकर्ताको मनोबल अझ बलियो र बजार प्रति विश्वास सिर्जना गर्नमा लाग्नु पर्ने हो ।

बजार बढ्नेको विकल्प नै नभएको नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले हाम्रोअर्थसँगको कुराकानीमा पटक पटक भनिरहेका छन् । अहिले भनेको जति सक्दो लगानी गरेर बजारलाई माथि धकेल्ने हो, उनले बताइरहेका छन् ।

‘१५ महिनासम्म घटेको बजारले अहिले सबैतिरबाट सहयोग र टेको पाएको छ । त्यसैले बजार बढ्नेमा ढुक्क हुँदै कम्पनीका इतिहास हेरेर लगानी गर्दा लगानीकर्ता मारमा नपर्ने अर्थात नडुब्ने उनको भनाइ छ । विन्दुको नेप्से परिसूचक अहिले घटेर २ हजारको हाराहारीमा आएको बेलामा बजारबाट सेयर उठाउन सकिएमा यसबाट राम्रो प्रतिफल निल सकिने पनि उनले बताए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स