काठमाडौं । मंगलबार, नेप्से परिसूचक ३.०३ अंकले घटेर २०६१.०६ अंक विन्दुमा आइपुगेको छ ।
आज ८२ लाख २२ हजारको कित्ता सेयर ३ अर्ब ४५ करोड ८० लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, १०७ वटा कम्पनीको सेयर मूल्य बढ्दा १०२ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, हिमालयन डेष्टिलरीको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ४३ करोड १९ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।
त्यस्तै, एनआइसी एसियाको ९ करोड ६६ लाख, शिवम सिमेन्ट्सको ९ करोड ४९ लाख, हिमाल दोलखा हाइड्रोपावरको ८ करोड १७ लाख र नेपाल रि इन्स्योरेप्सको ८ करोड ३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।