काठमाडौं । सेयरबजारमा सामान्य गिरावट आएको छ ।
मंगलबार, नेप्से परिसूचक ३.०३ अंकले घटेर २०६१.०६ अंक विन्दुमा आइपुगेको छ ।
आज ८२ लाख २२ हजारको कित्ता सेयर ३ अर्ब ४५ करोड ८० लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, १०७ वटा कम्पनीको सेयर मूल्य बढ्दा १०२ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
आज श्वेतगंगा हाइड्रोपावरमा १०%, धौलागिरी लघुवित्तमा १०%, खप्तड लघुवित्तमा ९.९९%, अजोड इन्स्योरेन्समा ९.९९ प्रतिशतको सकरात्मक सर्किट लागेकोे छ ।