सेयर बजारलाई यसरी पनि सोचौं न ! भन्दै लेखे अम्बिका प्रसादले स्ट्याटस

काठमाडौं । ठूला लगानीकर्ता अम्बिका प्रसाद पौडेलले ५५ लाख लगानीकर्ताको सकारात्मक तथा नकारात्मक मनोविज्ञानले जुनसुकै कुरा पनि सम्भव हुने फेस बुक स्ट्याटस लेखेका छन् । उनले १ घण्टा अगाडि आफ्नो स्ट्याटसमा सेयर बजारलाई कुन ट्रेण्डमा लैजाने भन्ने कुरा लगानीकर्ताको मनोविज्ञानमा भर पर्ने लेखेका हुन् ।

‘जब जब सेयर बजार प्रति सरोकारवाला निकायहरूको नकारात्मक दृष्टिकोणहरु देखा पर्दछ तब तब कारोबार रकम, नेप्से इन्डेक्स घट्न शुरू गर्दछ तब तब तरलताको संकुचन, अन्य व्यवसायिक क्षेत्रको संकुचन हुँदै राजस्वमा समेत गिरावट आएको देखिन्छ,’ उनले लेखेका छन् ‘५५ लाख लगानीकर्ताको सकरात्मक÷नकारात्मक मनोविज्ञानले जुनसुकै कुरा संभव बनाउन सक्छ ।’

उनले बजार बढ्न वा घट्न कुनै ठूलो तत्व नचाहिने उल्लेख गर्दै बजार बढ्नुमा लगानीकर्ताको मनोविज्ञान सबैभन्दा ठूला निर्णायक भएको बताएका हुन् । बजारमा केहि असर राज्यले लिने नीति नियम भएपनि त्यो भन्दा बलियो माध्यमचाहिँ लगानीकर्ता आफै भएको स्पष्ट पारेका छन् ।

सेयर बजार घट्दा यसको असर लगानीकर्ताको हिस्सामात्रै नपरी सम्पूर्ण राज्यले भोग्नु परेको उलने उल्लेख गरेका छन् । बजारमा तरलताको संकुचन हुँदा सेयर बजारका साथै अन्य व्यवसायमा मात्रै संकुचन आएको छैन, यसको सिधा असर राजस्व संकलनमा देखिएको छ । त्यसैले हामी लगानीकर्ताहरूले सकारात्मक सोचका साथ अघि बढ्न सक्यौ भने सेयर बजारकोमात्र नभइ सम्पूर्ण उद्यम व्यवसायका साथै राज्यले पनि बढि कर असुल उपर गर्न पाउँछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स