दोस्रो बजारमा नबिलकोभन्दा एनआईसी एशियाको सेयर महँगो

काठमाडौं । दोस्रो बजारमा ठूला दुई बैंकको प्रतिस्पर्धा देखिएको छ । पुँजी बजारमा नबिल र एनआईसी एसिया बैंकबीच प्रतिस्पर्धा हुने देखिएको हो ।

सोमबार नबिलको पहिलो सेयर कारोबार ७ सय ३५ रुपैयाँ ५० पैसामा खुलेर ७ सय ६५ रुपैयाँमा बन्द भएको थियो । एनआईसी एसियाको सोमबार पहिलो कारोबार प्रतिकित्ता सेयर ७ सय ३८ रुपैयाँमा खुलेको हो । आइतबार पनि ७ सय ३८ रुपैयाँमै कारोबार बन्द भएको थियो ।

सोमबार एनआईसी एसियाको ७ सय ६५ रुपैयाँमा कारोबार बन्द भएको छ । नबिलको भाउ ७ सय ३९ रुपैयाँ बन्द भएको छ । आजको कारोबारबाट नबिल बैंकलाई सेयर मूल्यमा एनआईसी एशिया बैंकले जितेको छ ।

सुरुमै भाउ बढेर यसको कारोबार खुला भएको हो । नबिल बैंकले यसपटक लगानीकर्तालाई ३०% लाभांश दिने भएको छ । जसमा १८.५०% बोनस सेयर र कर सहित ११.५०% नगद लाभांश रहेको छ । नबिलले लाभांश तथा साधारण सभा प्रयोजनका लागि बुक क्लोज गरेको छ । बोनस समायोजनपछिको भाउ ७ सय २१ रुपैयाँ १० पैसा कायम भएको छ ।

एनआईसी एसिया बैंकले भने लगातार दोस्रो वर्ष पनि लगानीकर्तालाई लाभांश नदिने भएको छ । लाभांश बाँड्न नपाएपनि बैंकका वित्तीय सूचकहरू भने मजबुत बन्दै गएको देखिन्छ । पछिल्लो समय बैंक निकै एग्रेसिभ हिसाबले अघि बढेको देखिन्छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स